वर्तमान संचरना अनुसार यस केन्द्रलाई देहायका कार्यहरु गर्नेगरी कार्य विवरण प्रदान गरिएको छ ।

  • स्याउ, नासपाती, ओखर लगायतका शितोष्ण फलफूलको जातीय संरक्षण एबं सम्बर्दन गर्ने |
  • शितोष्ण फलफूल विकास सम्बन्धि राष्ट्रिय व्यावसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्बन्धि कार्य गर्ने |
  • शितोष्ण फलफूलका प्रसारण सामाग्री उत्पादन तथा वितरण गर्ने |
  • शितोष्ण फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने |
  • सम्बन्धित विषयमा बिशेषज्ञ सेवा प्रदान गर्ने |
  • शितोष्ण फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र/ज्ञान केन्द्रसँग समन्वय एबं सहकार्य गर्ने |
  • फार्मको उत्पादकत्व एबं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार तथा सुबिधाको उपयोग गर्ने |
  • सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी अध्ययन परिक्षण संचालन गर्ने |
  • शितोष्ण फलफुल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने |
  • समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफुल विकास केन्द्रलाई उपलब्ध गराउने |