• अन्य शाखासँग समन्वय गरी कार्यालयको लागि बार्षिक बजेट अनुमान तयार गरी पेश गर्ने ।
  • कार्यालयका कर्मचारीहरुको तलब भत्ता, संचयकोष, नागरिक लगानी कोष, बीमाकोष आदिको व्यवस्थापन गर्ने, गराउने ।
  • खर्चको फाँटवारी, आर्थिक विवरण लगायत प्रचलित कानून अनुसार तयार गर्नु पर्ने विवरण समयमा तयार गरी सम्बन्धीत् निकायमा पठाउने र अभिलेख व्यवस्थित रुपमा राख्ने । 
  • कार्यालयको आम्दानी र खर्चको स्रेस्ता प्रचलित कानून बमोजिम व्यवस्थित रुपमा राख्ने ।
  • कार्यालयको आम्दानी र खर्चको लेखापरीक्षण गराउने तथा यसको नियमितता सम्बन्धी कार्य र बेरुजु फर्छयौट गर्ने, गराउने ।
  • आर्थिक विषयमा  राय,  परामर्श,  सिफारिस उपलब्ध गराउने ।
  • आर्थिक कार्यविधि, नियमावली, नियम र विभिन्न समयमा भएको निर्णय बमोजिमका कार्यहरु गर्ने र आर्थिक प्रशासनका अन्य प्रचलित ऐन कानुन बमोजिमका कार्यहरु गर्ने, गराउने ।
  • प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने, गराउने ।