• कर्मचारीको नियुक्ति, का.स.मु., हाजिरी, विदा, पुरस्कार, दण्ड, निवृत्तीभरण, अवकाश, उपदान आदि कर्मचारी प्रशासन र कर्मचारीको अभिलेख सम्वन्धी कार्यहरु गर्ने।
  • कर्मचारी प्रशासन सम्बन्धमा परेका गुनासो, उजुरीहरु सम्बन्धमा समन्वयको कार्यहरु गर्ने ।
  • कार्यालयको हाजिरी, पोशाक तथा अन्य प्रशासन सम्वन्धी नियमनका कार्यहरु गर्ने।
  • कर्मचारीहरुको भ्रमण सम्बन्धी कार्य र सोको अभिलेखीकरण गर्ने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन, तालिम, सेमिनार र छात्रवृत्तिमा मनोनयन सम्बन्धी समन्वयको कार्यहरु गर्ने ।
  • यस कार्यालयमा प्राप्त हुने चिठीपत्रहरु बुझ्ने, दर्ता गर्ने र सम्बन्धित शाखामा पुर्याउने साथै, आवश्यकता अनुसार सक्कल कागजातहरु सम्बन्धित ठाउँमा पुर्याउने ।
  • कार्यालयबाट पठाउने पत्रहरु चलानी गरी सम्बन्धित निकायमा पठाई सोको कार्यालय प्रतिलाई सुरक्षित अभिलेखांकन गर्ने ।
  • वैठकका निर्णयको तयारीमा सहयोग पुर्याउने, भएका निर्णयको अभिलेख राख्ने, निर्णयहरु सम्बन्धित रनिकाय रशाखामा संचार गर्ने ।
  • शाखा सम्बन्धी बैठकको माईन्यूट तयार गर्ने, जानकारी तथा कार्यान्वयनको लागि सम्बन्धित निकायमा पठाउने र अभिलेख व्यवस्थित रुपमा राख्ने ।
  • कार्यालयबाट आयोजना हुने समारोह तथा कार्यक्रमहरुमा सम्बन्धित निकाय, पदाधिकारी र व्यक्तिहरुलाई आमन्त्रण गर्ने कार्य गर्ने।
  • प्रचलित ऐन नियमले तोकेको प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने।
  • अन्य शाखाको कार्य विवरणमा नपरेका प्रशासनिक लगायतका कार्यहरु गर्ने, गराउने ।
  • प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने, गराउने ।