SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'eRowId' at row 1SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'eRowId' at row 1SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'eRowId' at row 1SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'eRowId' at row 1SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'eRowId' at row 1SQLSTATE[HY000]: General error: 1366 Incorrect integer value: '' for column 'orderId' at row 1 THDC - Marfa, Mustang

नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि विभाग
फलफुल विकास निर्देशनालय
शितोष्ण बागवानी विकास केन्द्र
मार्फा,मुस्तांग

शितोष्ण बागवानी विकास केन्द्र, मार्फाको आधिकारिक वेबसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ । ।

शितोष्ण बागवानी विकास केन्द्र मार्फा तत्कालिन श्री ५ को सरकारको तेश्रो पञ्चवर्षीय योजना कालमा भारतीय सहयोग नियोग र सरकारको संयुक्त प्रयासमा वि.सं. २०२३ सालमा अर्चाड कम नर्सरीको रुपमा स्थापना भएको हो । मुस्ताङ्ग जिल्ला मार्फा गा.वि.स. वडा नं. १ मा अवस्थित यस केन्द्र स्थापनाकालदेखि हालसम्मको अवधिमा विभागिय संरचनामा परिवर्तन हुँदै वि. सं. २०६१ देखि शितोष्ण बागवानी विकास केन्द्र मार्फाको नाममा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । समुद्री सतहबाट २६५० मिटर उचाईमा रहेको यो केन्द्र मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट ७ कि.मी. र म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट ६९ कि.मी. दुरीमा अवस्थित छ । यो केन्द्र मुस्ताङ जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि एउटा महत्वपुर्ण गन्तव्यको रुपमा पनि परिचित छ । कृषक तथा कृषि प्राविधिकहरुको लागि फलफूल वगैंचा तथा नर्सरी व्यवस्थापन, फलफूल प्रशोधनशाला संचालन, तरकारी बीउ उत्पादन तथा बर्गैंचा भित्र ताजा तरकारी बालीको अन्तरवाली खेती प्रविधिको अवलोकन र प्रविधिबारे ज्ञान, सीप अभिबृद्घिका लागि यो केन्द्रको भ्रमण अन्यन्त महत्वपुर्ण र फलदायी हुनेछ ।

केन्द्रले नेपाल कृषि विकास रणनीति २०७२, राष्ट्रिय कृषि नीति २०६१, विभिन्न आवधिक योजनाहरु, वार्षिक कृषि विकास कार्यक्रम तथा योजना तर्जुमा गोष्ठीमा कृषि विकास मन्त्रालय, कृषि बिभाग, फलफूल विकास निर्देशनालय तथा जिल्ला कृषि विकास योजनाले निर्दिष्ट गरेका उद्देश्य तथा मार्गदर्शनहरुलाई आधार मान्दै  जलवायू तथा भौगोलिक विविधता, सम्भाव्यता एवं कृषकको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन गर्ने गर्दछ ।

यस केन्द्रको मुलभुत उद्देश्यहरु उन्नत जातका विभिन्न लेकाली फलफूलका गुणस्तरीय बिरुवा र तरकारीको वीउ/बेर्ना उत्पादन गरी कृषक स्तरमा सुपथ र सुलभ तरीकाबाट उपलव्ध गराउने, कृषकको खेतवारीमा भएको फलफूल तथा तरकारी खेतीमा देखा परेका समस्याहरुको समाधान गर्न प्राविधिक सेवा टेवा पुर्‍याउने, वगैंचा व्यवस्थापन तथा विभिन्न प्रदर्शन कार्यक्रमहरु संचालन गर्ने, नीजि क्षेत्रमा फलफूल नर्सरी स्थापना र व्यवस्थापन तथा तरकारीको उन्नत वीउ उत्पादन कार्यक्रम संचालन गर्न प्राविधिक सेवा पुर्‍याई देशका अन्य क्षेत्रको वीउ तथा बिरुवाको माग आपूर्तीमा सहयोग पुर्‍याउने, विभिन्न वालीको जातीय पहिचान सहित त्यसलाई जोगाई राख्न जैबिक बिबिधता संकलन संरक्षण र सम्बर्द्धन कार्यक्रम संचालन गर्ने, दुर्गम उच्च पहाड तथा पहाडी क्षेत्रहरूमा यातायात र बजारको अभावले खेर जाने फलफूलहरू र तरकारीको सदुपयोग गर्न प्रशोधन तथा संचय प्रविधि बारे प्रचार–प्रसार तथा तालिम दिने, उन्नत फलफूल र तरकारी खेती प्रविधिबारे कृषकहरूलाई विभिन्न तालिम प्रदान गरी उनीहरुको ज्ञान, सीप तथा क्षमता अभिबृद्घि गरी समग्रमा कृषि (बागवानी) क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाई कृषकहरुको आयस्तर बढाउने र गरीवी न्युनीकरणमा टेवा पुर्‍याउने रहेका छन् । केन्द्रले विभिन्न हिउँदे फलफूलका गुणस्तरीय बीउ/विरुवा तथा तरकारीको मूल वीउ उत्पादन र वितरणलाई जिल्ला तथा कमाण्ड क्षेत्रमा मात्र सिमित नराखी फलफूल विकास निर्देशनालय र तरकारी विकास निर्देशनालय संग समन्वय गरी क्षेत्रीय एवं राष्ट्रिय स्रोत केन्द्रको भूमिका समेत निर्वाह गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि केन्द्रले निरन्तर रुपमा नेपाल सरकार बाट प्राप्त म्याण्डेट, नीति तथा कार्यक्रम, सम्भाव्यता, कृषकको आवश्यकता एवं उपलब्ध स्रोत साधनको उचित सदुपयोग गर्दै केन्द्रको आन्तरिक बीउ/बिरुवा उत्पादन बृद्घि गर्ने, उन्नत कृषि प्रविधि प्रदर्शन र प्रविधि विस्तार गर्दै निर्दिष्ट उद्देश्य प्राप्तीमा आफ्ना कार्यक्रम संचालनबाट बागवानीजन्य वालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउँदै कृषकहरुको आयस्तर बृद्घि गरि गरिवी न्युनीकरण गर्ने दिशामा आफ्ना गतिविधिहरुलाई निरन्तरता दिंदै जाने छ ।

सूचना

समसामयिक समाचार

© शितोष्ण बागवानी विकास केन्द्र मार्फा,मुस्तांग